९ पुस ०७४, पर्सा । नेपाली कांग्रेस क्षेत्र नं ४ पर्साले पूर्वमन्त्री एवम् पर्साका पूर्वजिल्ला सभापतिसमेत रहेका सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै क्षेत्र नं ४ पर्साका क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको हो ।
असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध चौधरीले बागी उम्मेदवार खडा गरेको क्षेत्रीय समितिले आरोप लगाएको छ ।
क्षेत्रीय समितिको बैठकले पार्टी केन्द्रीय कार्यालयलाई पूर्वजिल्ला सभापति जनार्दनसिंह क्षेत्रीसहित १२ जनालाई समेत कारबाहीको माग गर्दै १५ वर्षसम्म पार्टीको साधारण सदस्य नरहने गरी कारवाहीको सिफारिस गरेको छ ।