२७ जेठ ०७४, काठमाडौं । केही वर्षअघि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका रमेश रञ्जन झा नेकपा एमालेमा फर्किएका छन् ।
पूर्वएमाले झालाई शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पार्टीमा स्वागत गरे ।
हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा नाट्य विभागका प्रमुख समेत रहेका झाले पार्टी प्रवेश कार्यक्रममा घर फर्किएकाे बताए ।
‘केही अनुभव बटुल्न गएको थिएँ । आज घर फर्किएको छु’ झाले भने ।