२० मंसिर, बनेपा । काभ्रेको खहरेपाँगु–९ फलामे साँघुमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी रहेको पार्टी प्रवेश कार्यक्रममा हवाई फायर भएको छ ।
मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको हो ।
काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राई काअनुसार कार्यक्रम बिथोल्न खोज्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुका केही व्यक्ति आएर प्रहरीको हतियार नै खोस्न थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर हवाईफायर गर्नु परेको हो ।
यद्यपि, भीडबाट नियन्त्रणमा लिएका दुई युवा पनि भागेको बताइएको छ ।