२७ पुस ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश मजदुर महाशाखा अन्तर्गत पर्यटन शाखाको दोस्रो भेलाले हरिबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार काठामाडौंमा सम्पन्न भेलाले गुरुङको नेतृत्वमा उपाध्यक्ष सूर्यप्रसाद खनाल, सचिव विकेश थामी, सहसचिव मेलिना बुढा मगर, कोषाध्यक्ष भुवन मास्के रहेको कार्यसमिति चयन गरेको हो ।
भेलाबाट निर्वाचित कार्यसमिति सदस्यहरु मनोज पन्त, बासुदेब गुरुङ, राजेन्द्र अंगाई, खडानन्द बस्ताकोटी, होम बहादुर खड्का, अम्बर बहादुर खान, अमित मगर, रबिन कुमार थिङ, शन्दिप भट्ट, सुन्दर पाण्डे (सुदिप), गणेश नेपाली, धन बहादुर गुरुङ, सुरज भट्ट रहेका छन् ।
उक्त भेलाबाट नवनिवार्चित पदाधिकारी, सदस्यहरुलाई माओवादी केन्द्रका केन्द्रीय सचिव हितमान शाक्य ‘सुमन’, वैकल्पिक केन्द्रीय सदस्य धनबहादुर विक, उपत्यका विशेष प्रदेश उपाध्यक्ष विष्णु थापा सहसचिव एसबी थापामगर साथै पर्यटन मजदुरका केन्द्रीय अध्यक्ष धनबहादुर तामाङ लगायतले बैचारिक, राजनीतिक, सांगठनिक विचारसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सन्तोष ढकालको अध्यक्षतामा भएको उक्त भेलाको सञ्चालन प्रकाश ढुङ्गानाले गरेका थिए ।