विद्यालय, क्याम्पस, सार्वजनिक भवन, पाटीपौवा, गाउँको चौपारीलाई समेत क्वारेन्टाइन बनाइएको देखिन्छ । जहाँ नागरिकलाई बिच्छ्याउने सुकुल छैन् तर शितल निवासलाई एक करोडको गलैंचा चाहियो रे ! गरिब जनता, मजदुर भोकभोकै घरमा थुनिएका छन्; उनीहरु साँझ बिहानको गाँस रोकिने अवस्थामा पुगेका छन्; किन चाहियो १ कारेडको गलैँचा ?
काठमाडौं । अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुमबहादुर रेग्मी ‘किरण’ले राजामहाराजाले गरेको राष्ट्रघातलाई राष्ट्रवाद नदेख्न चेतावनी दिएका छन् ।
पछिल्ला दिनहरुमा राजामहाराजा बरु राष्ट्रवादी रहेको तर गणतन्त्रवादी भन्नेहरुले राष्ट्रघात गरेको भन्ने बहसहरु आउन थालेपछि अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् ।
“हिजो गणतन्त्रबिरुद्ध रहेकाहरु जो संघीय गणतन्त्रमा पनि सत्ताका स्वाद लिइरहेका छन्, तिनै तत्वहरुले गणतन्त्रको धज्जी उडाएका हुन्,” अध्यक्ष रेग्मीले भने, “जसले साम्राज्यवाद र विस्तारवादविरुद्ध लडे, सबैखाले अन्याय, अत्याचार र शोषण दमनकाविरुद्ध साथै सामन्ती निरंकुश व्यवस्थाविरुद्ध लडे र बलिदानी दिए । उनीहरुले राष्ट्रघात गरे भन्नु नै राष्ट्रघात हो ।”
उनले भनेका छन्, “पहिले पो नागरिकमा चेतनाको अभाव थियो, पन्चायती भूतले तर्साई रहन्थ्यो । एकाद सचेत नागरिक उनीहरुकाविरुद्ध बोल्यो भने पनि जुनदिन बोल्यो त्यही दिन उसको अन्तिम दिन हुन्थ्यो । पन्चायती व्यवस्थामा राजाले देशभित्रै बिदेशी सेना ल्याएर राखे पनि राष्ट्रघात हुँदैनथ्यो । राजतन्त्रमा पशुपतिको मूर्ति बेच्दा पनि तस्कर हुँदैनथ्यो; सुरासुन्दरी बटुलेर बलात्कार गरेर मिल्काए पनि कानून लाग्दैनथ्यो; संविधानभन्दा माथि राजतन्त्र थियो; गाडीले किचेर नागरिक मारिए पनि दरबार जोगिन्थ्यो ।”
विश्वमा कोरोना आतंक छाएको छ । नेपालमा पनि यसको प्रभाव दिनानुदिन बढिरहेको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार कोरोना संक्रमणबाट ८ जनाको ज्यान गइरसकेको छ भने दुई हजार ९९ संक्रमित संख्या पुगिसकेको छ । समसामयिक सवालमा अध्यक्ष भुमबहादुर रेग्मी ‘किरण’ले भनेका छन् :
“यस्तो अबस्थामा सरकारले बन्दाबन्दी गरेर मात्रै कोरोनाको समाधान हुन्छ भन्ने तरिकाले अगाडि बढेको देखिन्छ । विद्यालय, क्याम्पस, सार्वजनिक भवन, पाटीपौवा, गाउँको चौपारीलाई समेत क्वारेन्टाइन बनाइएको देखिन्छ । जहाँ नागरिकलाई बिच्छ्याउने सुकुल छैन् तर शितल निवासलाई एक करोडको गलैंचा चाहियो रे ! गरिब जनता, मजदुर भोकभोकै घरमा थुनिएका छन्; उनीहरु उनीहरु साँझ बिहानको गाँस रोकिने अवस्थामा पुगेका छन्; किन चाहियो १ कारेडको गलैँचा ?
गुजारा टार्न धौधौ भएका विपन्न, मजदुर तथा असाहयहरुलाई बिदेशमा श्रम बेच्ने नेपाली नागरिकहरु र सामाजिक अभियानकर्ता, मनकारी हातहरुले धेरैथोरै सहयोग गरिरहेको देखिन्छ तर सरकार अर्बौं रकम खर्च भयो भन्छ तर नतिजा परिणाममुखी छैन् । समस्या ज्यूँकात्यूँ र जहाँको तहीँ नै छ ।
सरकारले देशको अद्यावधिक नक्सा सार्वजनिक गर्नु सकारात्मक हो तर नेपाली सेनालाई राष्ट्रको सीमा सुरक्षामा खटाउने हो कि ? औषधि खरिद बिक्रीमा खटाउने हो ? सरकार अलमलमा परेको देखिन्छ ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनसँग भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) देशभक्त, राष्ट्रवादी नागरिकमात्रै होइन् देश लुटेरा र विदेशीका दलालबाहेकले राम्ररी बुझेका छन् । जसको रसदपानी र छोराछोरी उतै (अमेरिका)तिर व्यवस्थित भएका छन् । जसलाई देश (नेपाल) को माया छैन् ती बाहेकले देशको स्वाभिमान नबेच्न र राष्ट्रघात नगर्न आग्रह गरिरहेका छन् । आफ्नै साधन, स्रोत परिचालन गर्न जोड दिइरहेका छन् ।
त्यसैले सरकारले स्वदेशकै लगानीमा लप्सीफेँदी–रातमाटे ४ सय केभी प्रसारण लाइन बनाउनु पर्दछ । खानीहरु समेत सञ्चालन गरिनुपर्दछ । यदि सरकारले सक्दैन भने कुनै पनि परियोजना सञ्चालन गर्न विदेशीलाई देऊ तर देशको तालाचाबी कसैलाई नदेऊ । भिख मागेर नत पार्टी चल्छ र नत सरकार । यसकारण परनिरर्भता होइन, आत्मनिर्भरतामा जोड देऊ सरकार !”