१९ कार्तिक ०७४, नवलपरासी । नेपाल र भारतबीच नवलपरासीमा जारी अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले जितेका छन् ।
शनिबार सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवाको ठाढीघाटमा कुल ४२ जोडीले प्रतिस्पर्धा गरेको कुस्ती खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्ज शैलेस पहलवानले संयुक्तरुपमा जितेको हुन् ।
निवर्तमान् सांसद देवकरणप्रसाद कलवारले प्रतियोगितामा प्रथम हुने कुस्तीबाजलाई रु. ६ हजार नगदसहित एक थान टीभी सेट र प्रमाण-पत्र पुरस्कार प्रदान गरेका थिए ।
यसैगरी खेलमा द्वितीय हुनेलाई रु ४ हजार, एक थान टीभी र तृतीय हुनेलाई रु २ हजारसहित एक थान साइकल प्रदान गरिएको थियो ।