निर्वाचन सार्ने प्रधानमन्त्रीको सबै प्रयासहरु असफल भए – ओली

२१ मंसिर ०७४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका सबै प्रयासहरु असफल भएको बताएका छन् ।

भक्तपुर क्षेत्र नम्बर २ को बालकोटबाट मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री देउवाले चुनाव सार्न हरसम्भव प्रयास गरेको भए पनि ती प्रयासहरु सबै असफल भएको बताएका हुन् ।

‘उहाँका प्रयासहरु असफल भए । उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो, त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नुभयो’ ओलीले भने ।

चुनाव सम्पन्न भइसकेकाले अब देश राजनीतिक स्थिरताको बाटोमा अघि बढ्ने दावी गर्दै ओलीले माओवादी-एमाले मिलेपछि दुई तिहाई आउने अवस्था भएको बताए ।

तपाइको मत