निर्वाचन कार्यालय ललितपुरमा चर्का नाराबाजी किन ?

३ भदौ ०७४, ललितपुर । शनिबार साँझ ७ बजे निर्वाचन कार्यालय ललितपुर र त्यहाँ कार्यरत नायब सुब्बाविरुद्ध चर्का नाराबाजी भएको छ ।

ललितपुर निर्वाचन कार्यालयले थप भएको पछिल्लो समयावधि अनुसार यस अघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई अपराह्न ४ बजेसम्म नाम दर्ता फारम वितरण गरेको थियो ।

तर, आयोगले ४ बजेभित्र वितरण गरेको फाराम भरेर साँझ ७ बजेसम्म नाम दर्ताका लागि लाइन बसेकालाई नामै दर्ता नगरी फर्काइएपछि उनीहरुले निर्वाचन कार्यालय ललितपुर र नायब सुब्बाविरुद्ध चर्का नाराबाजी गरेका हुन् ।

‘भोट हाल्न पाउने जनताको सार्वभौम अधिकारबाट बञ्चित गर्न पाइँदैन्’ नाम दर्ता छुट भएकाहरुले आक्रोशित मुद्रामा नाराबाजी गर्दै भनेका छन्, ‘ललितपुर निर्वाचन कार्यलय मूर्दावाद, नायव सुब्बा मूर्दावाद !’

उनीहरुले साँझ ७ बजेपछि नायब सुब्बाले नाम दर्ता गर्न नमिल्ने र नसकिने बताएको भन्दै ‘जनताको भोट हाल्न पाउने अधिकार खोई ?’  भनेका छन् ।

रामकुमारी झाँक्रीले गराए कार्यालयभित्रै बसेर आफ्नाहरुको नाम दर्ता

एमाले नेतृ रामकुमारी झाँक्रीले निर्वाचन कार्यालयभित्रै बसेर आफ्ना कार्यकर्ताहरुको नाम दर्ता गराएको तर दिउँसैदेखि लाइनमा बसेकाहरुलाई प्रहरी लगाएर फिर्ता पठाएको आरोप नाम दर्ता छुट भएकाहरुले लगाएका छन् ।

नाम दर्ता गर्न बञ्चित भएकाहरुले ‘वार्ता हुनुपर्दछ’ भन्दै केहीबेर निर्वाचन आयोगको कार्यालय परिसरबाहिर चर्काचर्का नाराबाजी गरे ।

बिहानदेखि लाइन बसेर फाराम लिएर फाराम भरिसकेपछि नाम दर्ता गर्न छुट हुनुको पछाडि नेकपा एमाले र कर्मचारीको सेटिङ्ग भएको आरोप नाम दर्ता छुटेकाहरुले लगाए ।

मतदाता नामावलीमा नाम दर्ता छुटेकाहरुले ४ बजेपछि सयौं व्यक्तिहरुलाई फाराम नै नदिएर फर्काएको र सयौंले फाराम भरेर पनि दर्ता गर्न नपाएको गुनासो गरे ।

निर्वाचन आयोगको कार्यालय ललितपुरमा साँझ ७ बजे यस्तो देखियो………

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता छुटेकाहरुलाई फाराम भर्ने अन्तिम मिति ०७४ साउन ३२ गतेसम्म म्याद दिएको भएपनि ३१ गतेको बैठकले भदौको ३ गतेसम्म नाम दर्ता गर्ने समय थप गरेको थियो ।

तपाइको मत