नारायणगढ शहिदचोकमा वडाध्यक्ष भण्डारीमाथि आक्रमण

२७ चैत्र ०७४, चितवन ।  भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि आक्रमण भएको छ ।

मंगलबार नारायणगढको शहिदचोकमा बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर गाडी चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले भण्डारीमाथि आक्रमण गरेको हो ।

भण्डारीलाई आक्रमणकारीले पछाडिबाट ढुंगाले हिर्काउँदा  टाउकोमा चोट लागेको  छ भने उनीमाथि मोविल समेत छर्किएको चितवन प्रहरीले जनाएको छ ।

घाइते भण्डारीको भरतपुर अस्पतालमा उपचार भइरहेको  र अवस्था सामान्य रहेको छ । भण्डारीमाथि आक्रमण गर्नेको पहिचान नभएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत