नरैनापुरलाई समृद्ध बनाउने नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शर्माको प्रतिबद्धता

११ मंसिर ०७९, रुकुम पश्चिम । रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नरैनापुरलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शर्माले आइतबार काठमाडौ फर्किनु अघि नरैनापुरलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

शर्मालाई बधाई दिन नेपालगञ्ज बिमानस्थल पुगेका नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आफूहरु प्रतिनिधि र प्रदेश सभा सदस्यहरुसँग सहकार्य गरी नरैनापुरलाई समृद्ध बनाउन आतुर रहेको बताएका थिए ।

यस्तै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले बाँकेको नरैनापुर आफनो पहिलो प्रातमिकतामा रहेकोले समृद्ध नरैनापुर बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै नयाँ सरकार गठन भए लगत्तै सदनबाटै पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शर्मालाई बधाई दिन बाँके क्षेत्र नं. १ (क) बाट नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुर गाँउपालिकाका जिन्सी शाखा प्रमुख भरत महतो लगायतका नेता कार्यकर्ताहरु नेपालगञ्ज बिमानस्थल पुगेका थिए ।