धरान उपमहानगरमा कोभिड १९ बारे सचेतनासहित माक्स वितरण

१० चैत ०७६, सुनसरी । अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय सचिव लिला प्रधानको अगुवाईमा धरान उपमहानगरपालिकामा माक्स वितरण गरिएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघको सुनसरी सचिव समेत रहेका प्रधानको अगुवाईमा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ बाट बच्न र बचाउन अपनाउनु पर्ने सचेतनासहित सोमबार धरान उपमहानगरपालिकामा जनसाधारण, यात्रु र यातायात मजदुरहरुलाई माक्स वितरण गरिएको हो ।

सचेतना दिने मूल उद्देश्यले आयोजित माक्स वितरण अभियानमा अखिल नेपाल यातायात मजदुर संघका जिल्ला सचिव याम किराती, अन्टुफ महिला कमिटीकी जिल्ला सचिव कोपिला श्रेष्ठ, अन्टुफ धरान उपमहानगर कमिटी इन्चार्ज इन्द्र सुवेदी, अध्यक्ष विन्द्र राई, सचिव सुमन गहतराज, विद्युतीय ई–रिक्सा नगर कमिटी अध्यक्ष सन्तोष तामाङ लगायतको विशेष उपस्थिति रहेको थियो ।