दक्षिण कोरियाबाट २ सय २८ जना नेपाली स्वदेश फर्किए

६ असार ०७७, काठमाडौं । कोरियन एयरको विमानबाट दक्षिण कोरियामा रहेका २ सय २८ जना नेपाली स्वदेश फर्किएका छन् ।

शनिबार बिहान कोरियन एयरको केइ–९६९५ विमानले कोरियामा समस्या परेर बसेका २ सय २८ जना नेपाली लिएर आएको थियो भने २ सय ३३ जना नेपाली कामदार लिएर फर्किएको छ ।

नेपाल सरकारले कोरियामा समस्या परेर बसेका नागरिकहरुलाई स्वादेश आउन अनुमति दिएपछि सो विमानले नेपाली नागरिकलाई लिएर आएको हो ।

नेपाल सरकारले कोरोनाको कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई घर फर्काउने निश्चित भएपछि कोरियाबाट उद्दार गर्नुपर्ने ९७२ जनाको सूची कोरियास्थित नेपाली राजदुतावासले नेपाल सरकारलाई पठाएको थियो । अहिले १ हजार १ सय जना भन्दा बढी नेपालीहरु तत्काल नेपाल प्रवेश गर्न चाहनेको सूचीमा रहेको दुतावासले जनाएको छ ।