२३ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा ९०२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
यस्तै उनले हाल आइसोलेसनमा १४ हजार ८६८ जना र क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेको बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट निको हुनेको कूल संख्या ३२ हजार ९६४ पुगेको जानकारी दिए ।
यस्तै उनले ६ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ३ सय ६ पुगेको छ ।