३० चैत्र ०७४, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि धनगढी टिम चौराहाले जितेको छ ।
काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टीम चौराह धनगढीले लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग(डीपीएल) को उपाधि उचालेको हो ।
दुई वर्ष अगाडि धनगढी क्रिकेट लिगको उपाधि जितेको चौराहले अघिल्लो वर्ष डीपीएलको पहिलो सस्करणको च्याम्पियन बनेको थियो ।
काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाएपछि २१ रनले पराजित भयो । धनगढीले काठमाडौंलाई १ सय ८२ रनको लक्ष्य दिएको थियो ।
उपाधिसँगै चौराहले २५ लाख रुपैयाँ प्राप्त गरेकाे छ । उपविजेतामा चित्त बुझाएकाे काठमाडौं गाेल्डेन्सले १० लाख रुपैयाँ प्राप्त गरेकाे छ ।