३१ साउन ०७४, काठमाडौं । डा. गोविन्द केसीले २३ दिन लामो अनशन स्थगित गरेका छन् । उनलार्इ लगतै आईसीयूमा लगिएको छ ।
देशभर प्राकृतिक विपतबाट भएको क्षतिले आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने भन्दै डा. केसीले आफ्नो अनसन स्थगितको घोषणा गरेका हुन् ।
मंगलबार साँझ डा. केसीले त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अनसन स्थगित गरेको जानकारी दिँदै उनले ‘विपत्तिमा सबै पक्षको ध्यान केन्द्रीत हुन बाधा नपुगोस् भनेर मैले सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छु’, भने ।
बाढी पहिरो लगायत मुलुकको जटिल अवस्थालाई औल्याउँदै डा. केसीले अनसन स्थगित गर्नु अघि त्रिभुवन विश्वविद्यालयले उनको माग सम्बोधनमा केही निर्णय गरेको छ । उनले सरकारले आफ्नो माग पुरा नगरे मुलुकको स्थिति सहज हुनासाथ पुन सत्याग्रह गर्ने चेतावनी दिदै उनले आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।
सोमबारदेखि उनको स्वास्थ्य अवस्था थप समस्या देखिएपछि मंगलबारदेखि आइसियूका टीम समेत खटिएका थिए । मंगलबार उनको रक्तचाप कम भएपछि स्लाईनको मात्रा बढाइएको उपचारमा खटिएका चिकित्सकले जानकारी दिए ।