चुनाव घोषणा नगरे सरकारको औचित्य समाप्त – रावल

२८ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले  चुनाव घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष रावलले केही दिनमा चुनाव घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका हुन् ।

उपाध्यक्ष रावलले चुनाव घोषणा गरे संविधान संशोधन विधेयकमा छलफल गर्न दिने बताउँदै चुनावको वातावरण बनाउन र चुनाव गराउन नयाँ सरकार गठन गर्न जरूरी रहेकाे जिकिर समेत गरे ।

‘चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन् ।’ रावलले अघि भने, ‘यो सरकारको विकल्प खोज्नुपर्छ ।’

उनले मुलुकको संकट समाधान हुन्छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिन एमाले तयार रहेको बताए ।

तपाइको मत