काठमाडौंँ । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
बिहीबार दिउँसो निधन भएका बरिष्ठ गायक प्रेमध्वज प्रधानको कोभिड–१९ कारण सीमित व्यक्तिहरूको उपस्थितिमा आजै अन्त्येष्टी गरिएको हो ।
गायक प्रधानको अन्त्येष्टिमा सहभागी हुन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायत पशुपति आर्यघाट पुगेका थिए ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट राष्ट्रिय झण्डा ओडाएका थिए ।
सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा ८३ वर्षीय प्रधानको निधन भएको हो ।