गण्डकीमा विशेष अधिवेशन बोलाउन विपक्षी दलहरूको माग

२ बैशाख ०७८, पोखरा । गण्डकी प्रदेशमा विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलालाई भेटेर विपक्षी दलका सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरे नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी (जसपा)का २८ सांसदले विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।

मुख्यमन्त्री गुरूङले बुधबार प्रदेशको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए भने प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिदिएका थिए ।

गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई अगाडि सारिएको छ ।