४ असार ०७८, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभामा आफूलाई प्रदेशसभाकाे विश्वासकाे मत छ भनी गरेको प्रस्ताव बहुमतबाट पारित भएको हाे ।
प्रदेशसभामा ५८ सांसदले मतदान गरेकामा मुख्यमन्त्री पोखरेलले ३१ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।
प्रदेशसभामा ५९ सांसद रहेकोमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।
प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री पाेखरेललाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेले समर्थनमा गरेका थिए ।