२५ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा कोरोना भाइरसका संक्रमित दुई हजार ७३६ जना थपिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा कोरोना भाइरसका संक्रमित दुई हजार ७३६ जना थपिएको छ भने योसँगै कुल संक्रमित एक लाख ९९ हजार ७६० पुगेको छ ।
मन्त्रालयले हाल ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेको र क्वारेन्टाइनमा १ हजार ५८ जना रहेको बताएको छ ।
यस्तै मन्त्रालयले हालसम्म एक लाख ६० हजार ५७७ कोरोना संक्रमित निको भएर घर फर्केको जनाएको छ ।
यसैगरी, पछिल्लो चौबीस घण्टामा २२ जना संक्रमितको निधन भएको र योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको पनि जानकारी दिएको छ ।