१० जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ५८४ पुगेको बताएको छ ।
शनिबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कूल संक्रमित संख्या ५८४ पुगेको बताएका हुन् ।
उनले हालसम्म कोरोना संक्रमणबाट ३ जनाको निधन भएको र हाल आइसोलेसनमा ५११ जना रहेको साथै संक्रमित ७० जना निको भइसकेको पनि जानकारी दिए ।