कोरोना संक्रमितको कूल संख्या दुई लाख ३० हजार ७२३ पुग्यो, मृत्यु १ हजार ४५४

१३ मंसिर ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २४ घण्टामा एक हजार ३८० जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कूल संक्रमितको संख्या दुई लाख ३० हजार ७२३ पुगेको छ ।

मन्त्रालयका अनुसार कूल ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको हो ।

शनिबार काठमाडौं उपत्यकामा मात्रै ३६० पुरुष र २८५ जना महिलासहित ६४५ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको निधन भएको पनि मन्त्रालयले जनाएको छ । येसँगै नेपालमा मृत्यु हुने कोभिड–१९ संक्रमितको कूल संख्या १ हजार ४५४ पुगेको छ ।