कोरोना पोजिटिभ देखिएपछि ६ वर्षीया बालिकाको आइसोलेसनमा उपचार हुँदै

१ जेठ ०७७, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले नाक, कान, घाँटीको बिरामी वर्ष ६ की बालिकामा कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन क्याबिनमा उपचार भइरहेको जानकारी दिएका छन् ।

प्रा.डा.खड्गााले बैशाख ३० गते अस्पतालको न्यूरो सर्जरी वार्ड बेड नं. ५० मा उपचाररत बालिकामा कोरोना देखिएपछि गणेशमान भवनमा सारी आइसोलेसन क्याबिनमा उपचार भइरहेको जानकारी दिएका हुन् ।

उनले बिहीबार एक विज्ञप्ति जारी गरेर बिरामीको प्राइमरी क्न्ट्याक्टमा आएकाहरुको स्वास्थ्य मन्त्रालयको इडीसीडीसँग समन्वय गरेर पीसीआर टेस्ट गर्न गइरहेको बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले कपिलवस्तुकी ६ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि हाल वार्ड सिल गरी चिकित्सक र नर्सहरूलाई आइसोलेसनमा राखिएको बताएका छन् । साथै सो वार्डमा उपचार गराइरहेका पाँच जना बिरामीलाई पनि आइसोलेसनमा राखिएको उनले बताए ।