कुर्सीका लागि प्रधानमन्त्री ओलीले प्रतिगमन गरे – नेता महतो

१३ पुस ०७७, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कुर्सीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गरेको बताएका छन् ।

जनताको अधिकार खोस्न पाइँदैन भन्दै नेता महतोले प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेता महतोले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक साथै कुर्सीका लागि प्रतिगमन भएको बताउँदै उनले भने,  ‘यो कुर्सीका लागि प्रतिगमन हो । जनताको अधिकार खोस्न पाइँदैन । संविधान मिच्न पाइँदैन ।’