किरण र चन्द एउटै मञ्चमा : दुबैले गरे भारतीय लगानीका जलविद्युत आयोजनाको चर्को विरोध

kiran-chand

१६ पुस, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेकपा माओवादीका नेत्रविक्रम चन्दले भारतीय लगानीमा सञ्चालित जलविद्युत आयोजनाको चर्को विरोध गरेका छन् ।

डेढ वर्ष अघि वैद्य माओवादीबाट छुटि्टएका चन्द शनिवार काठमाडौमा आयोजित अन्तरक्रिया कार्यक्रममा वैद्यसँगै देखिए । उनले नेपाली जनताको हित विरुद्ध संचालनमा आएको जलविद्युत परियोजना बन्द गराउने बताए । साथै, भारतले नेपालको नदीनालामा आँखा गाडीरहेको भन्दै चन्दले त्यसविरुद्ध लडन सबैलाई आहृवान पनि गरे ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले विदेशी लगानीमा बनाइएको जलविद्युत परियोजना खारेज गर्न सशक्त आन्दोलनमा जाने चेतावनी दिए । साथै, उनले नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप निम्त्याउन सत्तारुढ दलहरु लागि परेको भन्दै आक्रोश व्यक्त गरे ।

तपाइको मत