कालोबजारी आरोपमा राजविराजका एक व्यापारी पक्राउ

देवराम यादव/१६ जेठ ०७७, सप्तरी । प्रहरीले कालोबजारी गरेको आरोपमा अवैध गुटखा (पान मसाला) सहित एक जना व्यापारीलाई पक्राउ गरेको छ ।

राजविराज ७ स्थित धर्मराज ट्रेडर्सका सञ्चालक ४२ वर्षीय मनोजकुमार साहले अवैधरुपमा ५ लाख मूल्य बराबरको गुुट्खा गोदाममा लु्काई छिपाई राखेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

सरकारले जारी गरेको निर्देशन विपरीत लकडाउनका बेला अवैध सामग्री ओसार पोसार गरी कालोबजारी गरिरहेको आरोपमा साहलाई नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले बर्ताका छन् ।

पसल सञ्चालक साहले गोदाममा लुकाई राखेको ५ लाख मुल्य बराबरको २ हजार ३ सय ५८ प्याकेट गुट्खा समेत नियन्त्रणमा लिई आवश्यक कार्वाही पक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।