काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सुरु

२९ पुस ०८१, काठमाडौं । जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको आइतबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा लगिएको थियो । पुनः आज बिहानदेखि थुनछेक बहस सुरुभएको रास्वपाका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।

लामिछाने गत बिहीबार पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।