१९ माघ ०८१, कञ्चनपुर । नेपाली कांग्रेसका भीमदत्त नगरपालिकाका सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।
नगर सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार कलौनी बिहान ८ बजेको समयमा मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको प्रहरीले जानकारी दिएको छ ।