८ असार ०७४, बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस र जनमुक्ति पार्टीबीचकाे चुनावी तालमेल देखेर एमालेलाई ज्वराे अाएकाे बताएका छन् ।
तिलोत्तमाको मणिग्राममा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खाँडले काँग्रेस र जनमुक्ति पार्टीबीचकाे चुनावी तालमेल देखेर एमालेलाई १८० डिग्रीकाे ज्वराे अाएकाे बताएका हुन् ।
उनले एमालेप्रति कडा टिप्पणी गर्दै एमाले पार्टी र जनताबीच भाँडभैलो निम्त्याउने खेलमा लागेको आरोप बताए ।
कार्यक्रममा जनमुक्ति पार्टीका रुपन्देही अध्यक्ष झमबहादुर गुरुङले कांग्रेस र जनमुक्ति पार्टीको चुनावी एकता र त्यसमा पनि चुनाव चिन्ह एउटै रुख लिएपछि एमालेमा ठूलो भूकम्प गएको टिप्पणी गरे ।
हार सुनिश्चित भएपछि एमालले अनेक प्रोपोगाण्डा गर्दै आफ्ना कार्यकर्तालाई भड्काउने काम गरेको भन्दै उनले स्वच्छ प्रतिस्पर्धा चुनौती दिए ।
कार्यक्रमा तिलोत्तमा नगरपालिकाका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले नगरपालिकालाई ५ वर्षभित्र स्मार्ट सिटीका रुपमा बिकास गर्ने प्रतिवद्धता जनाए ।
नगरपालिकामा अस्पताल, सिटी बस टर्मिनल, खेलकुद मैदान, बालउद्यान, जेष्ठ नागरिक पार्क आवश्यक रहेको भन्दै उनले सबै कुराहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उपमेयरकी उम्मेदवार गीता सारुले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइने, प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन गरिने बताउँदै भ्रष्टाचार रहित नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।