एमालेको विधान महाधिवेशनमा पार्टीको नीति र एमसीसीको परिचर्चा !

१६ असोज ०७८, काठमाडौं । नेकपा एमालेको ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

विधान महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीलाई हावी गराउने गरी अघि बढाउन लागे समूह नेताहरुले पार्टी सञ्चालन गर्न पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।

एक समूहका नेता रहेका भानुभक्त ढकालले व्यक्तिलाई नभएर पार्टी र नीति स्थापित गर्नुपर्नेमा आफूले जोड दिएको बताए ।

नेता ढकालले सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने साथै नजिक हुनेहरुले मात्र अवसर पाउने संस्कृति रहेकाले विधि बनाउनु पर्नेमा प्रतिनिधिले जोड दिएको पनि बताए ।

यस्तै केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्याक्ट एमसीसी पास गर्न दबाव दिएका थिए तर समूह नेताहरुले एमाले पार्टी प्रतिपक्षमा पुगेपछि एमसीसी के गर्ने हो ? भनेर प्रश्न उठाएका छन् ।

यद्यपि, एमालेले सरकार र सत्ता गठबन्धनको धारणा सार्वजनिक भएपछि मात्रै पार्टीको धारणा सार्वजनिक गर्ने बताउका छन् ।