१७ माघ ०७६, काठमाडौँ । प्रगतिशील रुपान्तरण अभियानका संयोजक श्याम श्रेष्ठले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) नेपालको बौद्धिक सम्पति अमेरिकाको हातमा पार्ने खेल भएको बताएका छन् ।
राजधानीमा बिहीबार भएको एमसीसी खारेज सम्बन्धी कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले एमसीसी पास भएको खण्डमा बौदिक सम्पतिमाथि अमेरिकीको राज हुने भन्दै यसको खारेजी हुनैपर्नेमा जोड दिए ।
‘कुनै पनि आविष्कार, उन्नत प्रविधि एमसीसीले जे चाहन्छ त्यही हुनेगरी जुन परिभाषा गरिएको यदि जस्ताको तस्तै पास भयो भने अहिलेको मात्रै होइन भविष्यका बौद्धिक सम्पति समेत अमेरिकाको हातमा जाने देखिन्छ’ श्रेष्ठले भनेका छन्, ‘एमसीसी नेपालको बौद्धिक सम्पति अमेरिकाको हातमा पार्ने खेल हो ।’
‘एमसीसी भनेको रोड र उर्जा सम्बन्धी सम्झौता हो यसमा बौदिक सम्पति किन हाल्नु प¥यो ?’ प्रश्न गर्दै श्रेष्ठले भने, ‘एसमसीसी र नेपालको संविधान बाझियो भने एमसीसी हावी हुन्छ, ऐन खारेज हुन्छ ।’
अनुदान सम्झौतामा हाम्रो संविधान र कानुन तल पर्नुपर्ने कारण के हो भन्दै श्रेष्ठले अमेरिकी पछिल्ला आउने कानुन समेत आकर्षित हुन्छ भनिएकाले यो सम्झौताले स्वाधीन नेपाल पराधीन हुने श्रेष्ठले दावी गरे ।
भिडियोसहित