एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको निधन

२८ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार ३९ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

यस्तै उनले हाल आइसोलेसनमा १५ हजार ११७ जना र क्वारेन्टाइनमा ६ हजार ५३६ जना रहेको बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको २४ घण्टामा १ हजार १७३ जना निको भएर घर फर्किएको साथै हालसम्म हुनेको कूल संख्या ३८ हजार ६९७ पुगेको जानकारी दिए ।

यस्तै उनले थप ९ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको कूल संख्या ३४५ पुगेको छ ।