१५ साउन ०७७, काठमाडौँ । बन्दाबन्दी खुलेसँगै काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम रहेको भन्दै संकट व्यवस्थापन केन्द्र (सीएमसी)ले सजगता अपनाउन आग्रह गरेको छ ।
साउन ७ गतेदेखि सरकारले बन्दाबन्दी खुलाएपछि कोरोनाको जोखिम रहेको भन्दै सीएमसीले सजगता अपनाउन आग्रह गरेको हो ।
सीएमसीका सल्लाहकार समेत रहेको काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न सबै स्थानीय तहलाई आग्रह गरिएको बताए ।
उनले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र प्रवेश गर्न दिनुपर्ने साथै उपत्यकामा प्रवेश गर्ने व्यक्तिको सबै नाकाबाट दैनिकरूपमा जिल्ला प्रशासन र प्रहरीमार्फत अनिवार्य मोबाइल नम्बर समेतको विवरण उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताए ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।