उद्योग मन्त्री भट्ट र उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीबीच भेट

१८ मंसिर ०७७, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् ।

मन्त्री भट्टले वैदेशिक लगानी भन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी काम गरिने स्पष्ट पार्दै कोभिड–१९ महामारीपछि लगानी बढाएर रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने पनि बताए ।

सो भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगमा मजदुरहरुले बन्द हडताल गरिरहेको भन्दै त्यसलाई रोक्न पहल गरिदिन मन्त्री भट्ट समक्ष माग गरेका थिए ।

यस्तै उद्योगी व्यवसायीहरुले साना तथा मझौला उद्योगहरुले पुनःकर्जाको सुविधा पाउन नसकेको बताए ।