२७ बैशाख ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि संघीय संसदले विश्वास नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन ।
आफूमाथि संसदको विश्वास छ भन्नका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले संसदमा आफू नेतृत्वको सरकारले छोटो समयमा नै जनपक्षीय र विकास निर्माणका कामहरु गरेको दावी समेत गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दिनमा ६ किलोमिटर सडक बाटो कालोपत्रे भइरहेको बताउँदै कति हो नयाँ कामहरु भइरहेको पनि बताएका छन् ।
यही सदनबाट आफू प्रधानमन्त्री चयन भएको भन्दै उनले फेरि पनि आफूलाई सदनले विश्वास गर्ने र प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताए ।