आज असार १५ अर्थात् धान दिवस, दही चिउरा खाएर मनाइँदै

१५ असार ०७७, काठमाडौं । आज असार १५ अर्थात् धान दिवस । किसानले धान रोपाइँ गरेर, दही-चिउरा खाएर धान दिवस मनाउँदै छन् ।

किसानले असार (१५ असार) मा मानो रोपेर मुरी उब्जाउन खेतमा धान रोप्दै, हिलो खेल्दै, असारे भाका गाउँदै खाजा समयमा दही चिउरा खाने प्रचलन छ ।

हिजोआज खेत हुने, नहुने साथै खेत रोप्ने, नरोप्नेले पनि असार १५ लाई घरमै भए पनि दही र चिउरा खाएर मनाउने चलन छ ।

नेपाल सरकारले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउन थालेको हो ।