अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीलाई छलफलमा बोलायो

२६ पुस ०८१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बैठकमा बोलाएको छ ।

उनको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न समितिले बोलाएको हो ।

पुस २९ मा बस्ने सो बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।