अन्टुफ अध्यक्षमा सर्वसम्मत जगत सिंखडा चयन

२० पुस ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)को राष्ट्रिय भेलाबाट महासंघका कार्यवाहक अध्यक्ष जगत बहादुर सिंखडा अध्यक्ष चयन भएका छन् ।

सोमबार राजधानीको बुद्धनगरमा भएको महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमबाट सिम्खडा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ, ‘प्रकाश’को प्रमुख आतिथ्यतामा सम्पन्न महासंघको भेलामा नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, फ्याक्सन इन्चार्ज जयपुरी घर्ती साथै केन्द्रीय सदस्य कुमार पौडेलको उपस्थिति रहेको थियो ।

यस्तै सो भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका सातै प्रदेश, जिल्ला महासंघका साथै पेशागत संगठनका ३७५ प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।