१२ भदौ ०७७, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विद्यालय शिक्षा र विश्व विद्यालय तहका विषयमा २१ बुँदे ज्ञापन पत्र पेश गरेको छ ।
अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले हस्ताक्षर गरी इमेलमार्फत् शिक्षामन्त्रीलाई पठाइएको ज्ञापन–पत्रमा विद्यालय शिक्षासँग ११ र विश्वविद्यालय तहसँग सम्बन्धित १० बुँदामा ध्यानाकर्षण गराइएको छ ।
ज्ञापन पत्रमा शिक्षा मन्त्रालयले असार १ गतेबाट लागू गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका ०७७ को व्यवस्थित तथा वैज्ञानिक समीक्षा र अनुगमन गरी त्यसलाई औपचारिक शैक्षिक सत्रको अंग बनाउने गरी तयारी अगाडि बढाउनु पर्ने लगायतका विषय उल्लेख गरिएको छ ।