१७ माघ ०८१, पाल्पा । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको बताएका छन् ।
बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।
उनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गर्नुुपर्ने विषयलाई संसदको अवहेलना गर्दै अध्यादेश जारी गरेर शासन चलाउन खोजेको बताए ।
विनाकारण संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत रहेको उनको दाबी छ ।
‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ,’ उनले भने, ‘अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भए पनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।’