१४ बैशाख ०७४, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति दिएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले दिएको जानकारी अनुसार संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनका लागि राष्ट्रपति भण्डारीले स्वीकृति दिएको छ ।
सुरक्षा परिषद्को निर्णयअनुसार सरकारले चैत २९ गते सेना परिचालनका लागि सिफारिस गरेको थियो ।
स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सुरक्षा योजना अन्तर्गत नेपाली सेना तेस्रो घेरामा रहनेछ ।