देवराम यादव/२८ भदौ ०७७, राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ पकरीस्थित बोक्रो नदीमा निर्माण गरिएको सुलिस गेट निर्माणमा आर्थिक अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीय उपभोक्ता समितिले खेतमा पानी पठाउनका लागि महादेवा गाउँपालिकाको आ.व. ०७६/०७७ मार्फत् बोक्रो नदीमा ४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको गेटमा अनियमितता भएको आरोप लगाएका हुन् ।
उपभोक्ता समितिका अध्यक्ष ओम ठाकुरले सुलिस गेट निर्माणमा अनियमितता र भ्रष्टाचार गरिएको भन्दै गा.पा.बाट विनियोजित बजेट ४ लाखमा केही रकमले मात्रै गेट निर्माण गरी भ्रष्टाचार गरिएकाले छानबिन गरी दोषीमाथि कारवाही गर्नु बताएका छन् ।
स्थानीय उपभोक्ताहरुले अन्य विकास निर्माणका कामहरु समेत मापदण्डअनुसार निर्माण नभएको साथै आर्थिक अनियमितता भएकाले सरोकारवाला निकायले छानबिन गर्नु पर्नेमा जोड दिएका छन् ।