सर्वोच्चबाट बर्खास्त अख्तियारका पूर्वप्रमुख आयुक्त कार्की विदेश लागे

Lokman singh Karki

२ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की विदेश उडेका छन् ।

लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान दिल्लीतर्फ उडेका हुन् । आइतबार बिहान ९ बजेर ५ मिनेटमा आरएको उडानबाट कार्की दम्पती नयाँ दिल्लीतिर प्रस्थान गरेका हुन् ।

पारिवारिक स्रोतले कार्की परिवार दिल्ली उडे पनि क्यानडा जाने जानकारी दिएको छ । कार्कीका छोरा अभ्युदयमानसिंह कार्की शुक्रबार नै क्यानडा उडिसकेका छन् ।

सर्वोच्चको फैसलापछि कार्की परिवारको आन्तरिक छलफलले उनलाई नेपाल छोड्न सुझाव दिएका थिए ।

तपाइको मत