२५ माघ ०७७, काठमाडौं । संवैधानिक आयोगमा भएकाे नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
सभामुख सापकोटाले शुक्रबार राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर दायर गरेकाे रिटमा आज सुनुवाइ हुने भएको हाे ।
संवैधानिक आयोगहरुमा पाँच जना प्रमुखसहित ३२ जनालाई संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्त गरिएको थियो ।
त्यसअघि सभामुख सापकोटाले नियुक्ति सिफारिस प्रक्रिया नमिलेको र संसद विघटन भएकाले सुनुवाइ पनि हुन नसक्ने भन्दै सिफारिस फिर्ता पठाइदिएका थिए । तर, त्यसको दुई दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अंगहरुमा नियुक्त गरेपछि सभामुख सापकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए ।