सभामुखको निर्वाचन माघ १२ गते हुने

६ माघ ०७६, काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् ।

लगतै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सभामुखको उम्मेदवारी दर्ताको समय भने मंगलबार ७ विहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।