सडक बिस्तार गर्ने क्रममा पहिरोले पुरिएर सहचालक सुनिलकुमार बेपत्ता

२९ मंसिर ०७४, पाल्पा । कालीगण्डकी कोरिडोर अन्तर्गत पाल्पा बगनासकाली गाउँपालिका वडा नं. ६ यम्घाको कुटीडाँडा नजिकै सडक बिस्तार गर्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर सह-चालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले पहिरोमा परी बझाङ्गको थलास गाउँपालिकाका २१ वर्षीय सुनिलकुमार सिंह बेपत्ता भएको जनाएको छ ।

सप्तरी जिल्ला घर भएका चालक मनोज कुमार यादवले काम रोकी सह-चालक सिंहलाई मेसिन बृज गर्न लगाएका थिए । सोही क्रममा सहचालक सिंहसहित एक्साभेटर पहिरो खसेर भिरतिर हुत्तिएको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले घटनास्थलमा सहचालकको चप्पल भेटिएको जनाएको छ । सहचालक सिंह माटोले पुरिएको हुनसक्ने आशंका गरिएको छ ।

स्काभेटर धनी प्रभु कन्स्ट्रक्सन प्राईभेट लिमिटेडका स्काभेटर धनी नारायण खड्काले पहिरोले धकेलेको एस्काभेटर कालीगण्डकी नदीको भिरमा अड्किएको अवस्थामा रहेको जानकारी दिए ।

 

तपाइको मत