२ असोज ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय भाेगिरहेका कैदीहरूलाई माफी र कैद कट्टा गरिदिएकी छन् ।
कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्थाअनुसार सरकारकाे सिफारिसमा राष्ट्रपति भण्डारीले ८ जना कैदीलाई माफी र ५२३ जनाकाे कैद कटौती गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको र यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिइएको हाे ।
मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते हर्कबहादुर राईसमेत ५२३ जना कैदीकाे भुक्तान हुन बाँकी कैद कट्टा र किशोर भण्डारीसमेतका ८ जनालाई माफी दिन सिफारिस गरेको थियोे ।