विहारमा नीतीशकुमार सातौं पटक मुख्यमन्त्री

१ मंसिर ०७७, एजेन्सी । जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले सातौं पटक मुख्यमन्त्रीको सपथ लिएका छन् ।

नीतीशकुमारले सोमबार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को आइतबार बसेको बैठकले उनलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै सातौंपटक विहारको मुख्यमन्त्री बनेका हुन् ।

उनका साथै विधायक तारकिशोर प्रसाद, रेणु देवीले पनि मन्त्रीको सपथ लिएकी छन् । सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ ।