१९ भदौ ०७७, काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि एक करोड पचासी लाख अमेरिकी डलर सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपाल-माल्दिभ्स-श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले शुक्रबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त रकम कोभिड–१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइलाई निरन्तरता दिन खर्च गरिने सम्झौतामा उल्लेख गरिएको छ ।