१५ माघ ०७४, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको सम्मिलित कार्यदल बैठक सुरु भएको छ ।
सिंहदरवारमा जारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी छन् ।
बैठकमा केन्द्रीय सरकार गठनका लागि पद बाँडफाँटका लागि छलफल गर्ने बताइएको छ । दुवै पार्टी केन्द्रीय सरकार निर्माण र पदका लागि सहमति जुटाउन प्रयासरत छन् ।
दुवै दलका नेता सम्मिलित कार्यदलले हिजो प्रदेश सरकार प्रमुख ६०/४० तथा प्रदेश मन्त्रीमा ७०/३० भागबण्डा गर्ने निर्णय गरेको थियो ।